हेलो कलिउड ह्याप्पी मुभी डे

सिनेमा प्रति सकारात्मक धारणा र सिनेमा कल्चर जब सम्म नेपालमा स्थापित गर्न सकिदैन तव सम्म नेपाली फिल्म इन्डसट्रीले फड्को मार्न सक्दैन भन्ने कुरा सधैं मनमा खेली रहन्थ्यो एक दिन जब चलचित्र क्रान्तीको एक अस्त्र “मुभी डे” हुन सक्छ भन्ने दिमागमा क्लिक भयो मैले नेपालको सिनेमा घर हरुमा छुट्टीको दिन स परिवार सिनेमा हलहरुमामा फिल्म हेर्नेको घुइचो, युवा युवतीको घुइचो, रिलिज भएको फस्ट डे सिनेमा हेर्नेको प्रतिस्पर्धा जता ततै फिल्मी माहोल देखे l त्यसैले यसलाई अगाडी बढाएर   सम्बन्धित ठाउँमा पुर्याई क्रियाशील रुपमा लागि पर्नुपर्छ भनेर लागेर रिसर्च तर्फ लागे यस सम्बन्धी के कति पहल गरिएको रहेछ भनेर खोज अनुसन्धान गर्न थाले एउटा मात्र आर्टिकल फेला पारे जसमा चलचित्र विकास वोर्डका भुतपुर्व अध्यक्ष गणेश भण्डारी ज्यु ले  “नेशनल फिल्म डे” भनेर सन् २०१२ मा शुरुवात गर्नु भएको रहेछ त्यो वर्ष एक हप्ता कार्यक्रम भएका रहेछन तत्कालिन प्रधानमन्त्री, महानायक राजेश हमाल, नायिका रेखा थापा उक्त कार्यक्रममा उपस्थित हुनु भएको रहेछ तर “नेशनल फिल्म डे” ले निरन्तरता पाउन सकेको रहेनछ कारण जे सुकै होस् अब “नेशनल फिल्म डे” ले निरन्तरता पाउनु पर्छ l “नेशनल फिल्म डे” शुद्द चलचित्र संग मात्र जोडिएकोले मलाई “नेशनल फिल्म डे” भनेर विद्यालय संग जोड्न अलि गाह्रो भयो l स्कुलमा पाठ्यक्रम संग सम्बन्धित विभिन्न अंग्रेजी, नेपाली विषयका उपन्यास, कथाहरुहरुमा आधारित मुभी शो गर्ने गरिन्छ त्यसैले “मुभी डे” भयो भने सजिलै विद्यालयले स्वीकार्न सक्ने भएकोले मैले यस अभियानलाई “मुभी डे” कन्सेप्ट राखेको हुँ l यो कन्सेप्टको मुख्य उद्देश्य “हामी परिवार संग वसेर मुभी हेर्न सक्छौ भने स्कुल परिवार संग बसेर पनि हेर्न सक्छौ” l अहिले मुभी डे को अवश्यकता देखिएको छ त्यसैले  केहि दिन यता मुभी डे संग सम्बन्धित लेखहरु लेख्दै आएको छु l चलचित्रकर्मीहरुको लागी मुभी डे एक विशेष दिन हुनसक्छ l वर्ष दिन काम गरेर थकित सम्पूर्ण कलाकर्मी एक ठाउँमा जम्मा भइ हर्ष उल्लासका साथ मुभी डे मनाएर थकान मेट्ने एक क्याप्सुल हुनसक्छ तसर्थ नेपालमा सिनेमा कल्चरको विकासमा टेवा पुर्याउने एक सशक्त माध्यम मुभी डे हुनसक्छ l मुभी डे मनाउने तरिका आधुनिक समय सान्दर्भिक हुन गएमा यसले तुरुन्त आफ्नो स्थान लिन सक्नेछ l

नेपालमा मुभी डे कहिले कसरी मनाउने भन्ने विषयमा आफ्ना विचार यस लेखमा प्रस्तुत गरेको छु l विशेष गरी कुनै पनि दिवस उसको जन्म दिन वा उसले उपलब्धी प्राप्त गरेको दिनलाई अधार मानी मनाउने गरीन्छ l अन्तराष्ट्रिय स्तरमा “ग्लोबल मुभी डे” फेब्रुअरी दोस्रो शनिवार मनाउने चलन भएता पनि हामिले “मुभी डे” भनेर असोज १ लाई आधार मानेर निरन्तरता दिन सक्छौ किन भने असोज १ (७ अक्टोबर १९६४) मा नेपालमा बनेको नेपालको पहिलो चलचित्र “आमा” को प्रदर्शन गरिएको दिन रहेकोछ l प्रदर्शन गरेको मितिलाई अफिसियल रुपमा आधिकारीक मान्यता पाउने भएकोले रिलिज डेटलाइ अधार मानी नेपाली नेशनल मुभी डे मनाउनु पर्छ भन्ने मेरो मान्यता हो l हुन त् “सत्य हरिश्चन्द्र” नेपाली पहिलो मुभी हो तर यो मुभीको उत्पादन भारतको कलकतामा र प्रदर्शन भारत कै दार्जिलिंगमा भएकोले यस चलचित्रलाई नेपाली “नेशनल मुभी डे” को रुपमा मान्यता दिन सकिदैन l जसरी चलचित्र महत्सवले एक किसिमको रौनक ल्याउछ त्यसरी एक दिन भए पनि मुभी डे ले उल्लाहसमय वातावरण सिर्जना गर्न सक्छ l

फिल्मकर्मीले कसरी मुभी डे मनाउने ?

१ राज्य स्तरबाट चलचित्र विकास बोर्डले चलचित्र संग सम्बन्धित कार्यक्रम प्रस्तुत गर्ने जस्तो चलचित्र क्षेत्रमा योगदान दिनु भएका अग्रजहरुलाई सम्मान गर्ने, सम्झने जस्ता कार्यक्रम l 

२ राष्ट्रिय स्तरका मिडियामा मुभी डे सम्बन्धि कार्यक्रमलाई प्रथामिकताको स्थानमा राख्ने l  

३ हरेक चलचित्र निर्माण ,वितरण, प्रदर्शन,कलाकार, प्राविधिक आदि संग सम्बन्धित संघ संगठनहरुले   आ आफ्नो तरिकाले कुनै कार्यक्रम मार्फत मुभी डे मनाउने l

४ यदि सो दिन सुटिंग चलिरहेको भए सुटिंग स्थल बाटै प्याकउप पश्चात सेलेब्रेट गर्न सकिने l

४ चलचित्रकर्मीहरु सिनेमा घरमा गई सिनेमा हेर्ने l

५  सिनेमाहलले मुभी डे को अवसरमा टिकेटमा छुट दिने l

६ सिनेमा सम्बन्धी विभिन्न टक शो, टेबल टक राख्ने l

७ कार्यक्रम यस्तो गर्ने कि त्यसले मुभी डे को माहोल अन्य दिन भन्दा फरक होस् l

 त्यसैले अबको चलचित्र क्षेत्रमा सिनेमाको कल्चर स्थापित गराउनलाई सम्बन्धित निकायबाट मुभी डे ले  मान्यता पाए हर्षले भन्न सकिन्छ “हेलो कलिउड ह्याप्पी मुभी डे” l

शेर शाही

बैजनाथ ८, चाँदनी बजार , बाँके

हाल चाबहिल, काठमाडौँ