सिनेमा कल्चरको स्रोत विद्यालय सो “मुभी डे”

३० जेष्ठ काठमान्डौ , हामि मध्ये आफ्नो जीवन कालमा फिल्म नहेरेर उमेर विताएको एक दमै कमै छौ होला एउटा उमेरमा फिल्म प्रति निकै नजिक भइन्छ उमेर ढल्कदै गएपछी विस्तारै फिल्मको क्रेज घटदै जान्छ l यसरी नेपाली समाजमा सिनेमा कल्चरको विकास हुन नसकेर विभिन्न समस्या झेलिरहेका छौ एक जमाना त फिल्म हेर्न परिवार संग त धेरै परको कुरा भागेर लुकेर हेर्नु पर्थ्यो l पछिल्लो समय देशको साक्षरता दर बढे संगै केहि हद सम्म फिल्म हेर्ने छुटकारा मिलेको छ l

अब विषय वस्तु तर्फ प्रवेश गरौ नेपाली चलचित्र क्षेत्रमा परिवर्तनको लागी एक पटक क्रान्ती हुन जरुरी देखिन्छ l हरित क्रान्तीबाट औधोगिक क्रान्ती हुदै अहिले प्रविधियुक्त विश्व चलायमान छ l जसरी  नेपालमा २००७ साल देखि ०१७ साल, ०४६ साल हुदै २०६२/६३ को परिवर्तन पश्चात राज्यले नयाँ स्वरुप निर्माण गर्यो l सामाजिक, राजनीतिक, आर्थिक परिवर्तन भए त्यस्तै गरी नेपाली चलचित्र क्षेत्रमा पनि एउटा आमुल परिवर्तन हुन जरुरी छ l पछिल्लो समय फिल्म अध्यन सस्थाहरुको स्थापना पश्चात फिल्म मेकिंगमा केहि परिवर्तन भए तर समय अनुसार नेपाली सिनेमाले बजार स्थापित गर्न सकेको अवस्था भने छैन l देशमा बहुदल स्थापना भए लगतै ग्रो हुन लागेको चलचित्र उद्योगमा स्क्रिप्टको भाषामा कन्फ्लिकट सिर्जना भयो माओबादी द्वन्दकाल, द्वन्दकाल पश्चात फेरी उठन लागेको फिल्म बजारमा भिलेनको रुपमा आयो २०७२ सालको भूकम्प र अहिलेको महामारी करोना भाईरस l अब चलचित्र उद्योगलाइ महामारी पश्चात कसरी ट्रयाकमा ल्याउने भन्ने कुरा सबै भन्दा बढी बहसको एजेन्डा हुन आउछ l कति सिनेमा हलहरु स्थायी रुप मै बन्द भएको अवस्था छ भने कति बन्द गर्ने सोचमा रहेका हुन सक्छन l यदि सिनेमा स्क्रिन बढ्नुको सट्टा घट्नु भनेको बिजनेस साइकल रिसेसनको अवस्थामा पुग्नु हो l कोरोना महामारी निर्मुल हुन साथ् चलचित्र क्षेत्रले शर्ट टर्ममा मार्केट रेज गर्नु पर्ने देखिन्छ अन्यथा अधिकांस चलचित्रकर्मी यो क्षेत्र बाट पलायन हुन सक्ने सम्भावना हाइ हुन सक्छ l अबको समय कोरोना महामारी पश्चात फिल्म बजारलाइ कसरी चलायमान बनाउने भन्ने तर्फ ध्यान दिनु आवश्यक छ l

म नेपालि चलचित्र क्षेत्रमा केहि गर्न सकु भनेर लागि परिरहेको, नेपाली सिनेमाको बारेमा हरपल सोची रहने एक शुभ चिन्तक हुँ l थियटर आर्टिस्टको रुपबाट यस क्षेत्रमा पाइला टेकेर पछिल्लो समय फिल्म मेकिंगमा आवद्द भएकोले कलिउडको बारेमा केहि देख्ने, बुझ्ने, सिक्ने मौका मिलिरहेको छ l यसका आलावा म शिक्षण पेशामा पनि आबद्द भएकोले अहिलेको करेन्ट घटनाक्रम संग एकदमै नजिक हुने अवसर मिल्ने गर्दछ l यस क्षेत्र प्रतिको मोहले होला एमफिल तह अर्थशास्त्रको The Case Study of Nepali Film Industry And Its Contribution in the Economy  भन्ने टपिकमा  थेसिस गर्दैछु l अहिले पर्यटन संगसंगै सबै भन्दा मारमा परेको क्षेत्र चलचित्र क्षेत्र रहेकोमा कुनै दुइ मत छैन l मैले यस क्षेत्रलाई धेरै पहिले देखि नजिकबाट नियाल्ने कोशिस गरेको छु  l हाम्रा अग्रजहरु फिल्म क्षेत्रलाइ वचाउनको निम्ति दिन रात खटी रहनु भएको देख्छु र आफैले आफैलाई प्रश्न गर्छु मैले के गर्न सके ? त्यसैको उतर स्वरूप Film Industry मा Long Term Economic Impact को लागी “मुभी डे” कन्सेप्टमा आधारित विचार व्यक्त गर्ने प्रयास गरेको छु l

चलचित्र क्षेत्रलाई स्थायी रुपमा सबल बनाउन टेवा पुर्याउने अन्य विभिन्न तत्वहरु मध्ये “मुभी डे” पनि एक हुन सक्छ l समय अनुसार अहिले विद्यालयको अध्यन अध्यापन पद्दतिमा धेरै परिवर्तन आएको पाइन्छ l पहिला जस्तो परम्परागत गुरुकुल शिक्षाबाट रुपान्तरण हुदै आधुनिक शिक्षा प्राणालीमा परिवर्तन भएको पाइन्छ l Learning by doing  र  Learn with Entertainment कन्सेप्ट प्राय विद्यालयले लागु गरेको अवस्थामा मुभी डे को अवश्यकता  विद्यालयमा महसुस गरिएको छ l विद्यालयमा मुभी डे सेलेब्रेट गर्ने वातावरण क्रीयट गर्न सक्यो भने यसले चलचित्र उद्योगलाइ Long Term सकारात्मक असर पार्न सक्छ l विद्यालय तहमा चलचित्र शिक्षा पाठ्यक्रममा समावेश गर्ने पहल भैरहेको तर मुभी डे को कन्सेप्ट कहिँ कतै अहिले सम्म नसुने नदेखेकोले(शायद मैले नभेटेको पनि हुँ सक्छु) यो एक सशक्त माध्यम हुन सक्छ भन्ने मेरो विचार हो l नेपाली चलचित्र उद्योगको परिवर्तनको क्रान्ती अव विद्यालयलाई असर नपर्ने गरी विद्यालयबाट प्रारम्भ गर्नुपर्छ किन भने विद्यालय यस्तो ठाउँ हो जहाँ शिक्षा आर्जनका निम्ति समाजका विभिन्न जात जाती ,धर्म ,सस्कृति,कला बोकेका विद्यार्थी जम्मा हुने गर्दछन l विद्यालयमा अध्यन गर्ने त्यहि वच्चा भोलि किशोर बन्छ, युवा बन्छ र वृद्ध हुन्छ l सिनेमाको दर्शक बर्ग चलचित्र क्षेत्रले यहि बाट प्राप्त गर्न सक्छ l हामीले पटक पटक बहस गर्ने गरेको शिर्षक हो सिनेमा कल्चर, हो सेनेमा कल्चरको स्रोत भनेको विद्यालय पनि एक हो सेनेमा कल्चरको विकास विद्यालयबाट शुरु गर्न सकिन्छ कसरी भने स्कुलमा वर्षमा एक दिन सिनेमा हेर्ने वातावरण भैसके पछी सर्वप्रथम वच्चाको दिमाकमा फिल्म पनि एक किताव हो भन्ने सकारात्मक सोच उत्पन्न हुन्छ र मुभी हेर्ने बानि पर्छ पछी त्यहि बच्चा ठुलो भएर विहे पश्चात आफ्नो परिवार बोकेर सिनेमा हल सम्म आइपुग्छ l

 अर्को नेपाली समाजमा  अझै पनि जे जति फिल्म प्रतिको नकारात्मक सोच, धारणा  छ त्यो सर्लक्क सफा भएर जान्छ किन कि स्कुलमा मुभी डे सेलेब्रेट गर्न थाले पछी मुभीको फाइदा बारे सम्झाई बुझाइ गर्ने काम शिक्षक गुरुबर्गले अभिवावकलाई गर्दिनु हुन्छ जुन फिल्मकर्मीले भनेको भन्दा पावरफुल हुन सक्छ अझ भन्ने हो भने स्कुल समाजको एक विश्वसनीय संस्था हो l समाजले शिक्षण संथा, शिक्षक विद्यार्थीलाइ विश्वास गर्छ, शिक्षकले कहिले पनि आफ्ना विद्यार्थीलाइ गलत मार्ग दर्शन दिदैन भन्ने कुरामा समाज विश्वस्त हुन्छ हुन पनि हो कुनै पनि शिक्षकले आफ्नो धर्म कहिल्यै छोडदैन l म पनि एक शिक्षक भएर होला यो मैले प्रत्यक्ष महसुस गरेको छु l

मुभी डे विद्यालयमा सेलेब्रेट गरीदा अर्को फाइदा के छ भने भोलि त्यहि विद्यार्थी फिल्म क्षेत्रमा जनशक्ति को रुपमा निर्माता, लेखक,निर्देशक, छाँयाकार, कलाकार, क्रेयु, डिस्ट्रिव्यूटर ,प्रदर्शक, प्राविधिक इन्जिनिएर  भएर आउने भएकोले उसलाई विद्यालय तह मै  प्रत्यक्ष अप्रत्यक्ष फिल्म सम्बन्धि ज्ञान प्राप्त हुने गर्दछ l चलचित्र क्षेत्रका विभिन्न निकाय, संघ संगठन मार्फत “मुभी डे” कन्सेप्ट सम्बधित ठाउँमा पुग्दा अझ प्रभावकारी हुन सक्छ  त्यसैले चलचित्रकर्मी बाटै पहल गर्दा अझ उत्तम हुनसक्छ l मुभी डे लाई कसरी अगाडी बढाउने भन्ने सवालमा निम्न बुदाहरु रहेका छन l

मुभी डे प्रस्ताव लाई कसरी अगाडी बढाउने ?

१ सर्व प्रथम विद्यालयमा मुभी डे लाई कसरी कुन माध्यम द्वारा पुर्याउने भन्ने वारे अग्रज अनुभवी, विज्ञ चलचित्रकर्मीहरु बीच सरसल्लाह गरी रोड म्याप तयार पार्ने l

२ मुभी डे लाई विद्यालयका निम्ति अनिवार्य बनाउने कि ऐच्छिकमा राख्ने निर्णय गर्ने l

३ शिक्षा मन्त्रालय वा पाठ्यक्रम विकास केन्द्र वा प्याब्सन एन प्याब्सन जस्ता निजि शैक्षिक संगठन संग परामर्श लिने र पहल गर्न लाउने l

४ मिडिया मार्फत मुभी डे कन्सेप्ट लाई दर्शक जनता लाई जानकारी दिने l 

विद्यालयमा मुभी डे कहिले कसरी सेलेब्रेट गर्ने ?

१ विशेष गरी अन्तराष्ट्रिय “ग्लोबल मुभी डे” फेब्रवरी महिनाको दोस्रो शनिवार पर्ने भएकोले सोहि दिनमा मनाउदा पनि हुन्छ नेपालमा शनिवार विदा भएकोले पठन पाठनमा असर पनि पर्दैन अथवा विद्यालयको अनुकुल मिल्ने वर्षको कुनै एक दिन मनाउन सकिन्छ l

२ मुभी डे को दिन कुन मुभी कहाँ हेर्ने भनेर तय गर्ने l

 मुभी प्रोजेक्टर मार्फत स्कुलको हलमा पनि हेर्न सकिन्छ अथवा सिनेमा हल मै गएर हेर्ने भए विद्यालयको सिफारिस द्वारा  शिक्षकको गाइडेन्समा विद्यार्थीलाइ सिनेमा हल सम्म पुर्याउन सकिन्छ l अन्य समयमा विद्यार्थी पोशाक सहित फिल्म हल भित्र प्रवेश गरी फिल्म हेर्न निषेध गरेकोले (विशेष गरी कलेज स्टुडेन्ट क्लास छोडेर फिल्म हेर्न जाने भएकोले यो नियम लागु गरेको हो ) नजिकको प्रहरी कार्यालयलाई जानकारी दिई या अनुमति लिएर विद्यार्थीलाई सिनेमा हल सम्म लिन सकिन्छ l

स्कुल मै मुभी हेर्ने भए आफुले सेलेक्ट गरेको मुभी हेर्न पाइन्छ सिनेमा हलमा गए जुन चलिरहेको छ त्यहि हेर्नु पर्ने हुनसक्छ l

३. स्वदेशी विदेशी जुन सुकै मुभी पनि हेर्न पाइने हुनुपर्छ सके सम्म मनोरंजन र शिक्षा दुवै प्रदान गर्ने  मुभी छनोट गर्ने l

४. स्कुलमा मुभी डे सेलेब्रेट गर्दा फिल्मी माहोल क्रीयट गर्ने l

शिक्षक विद्यार्थी सबै आउट ड्रेसमा आउने,  खाजा पानिको व्यवस्था आ आफ्नो तरिकाले गर्ने,

विद्यार्थी आफै विशेष गरी सिनियर विद्यार्थी सहभागी भइ हलको व्यवस्थापन गर्ने, कसैले प्रोजेक्टर अपरेट गर्ने, कसैले बक्स अफिस मार्फत टिकेट सेल गर्ने , कसैले हलको बाहिरी भिता वरी परि मुभी पोस्टर पेस्ट गर्ने, कोहि पत्रकार भएर काम गर्ने, कसैले क्राउडलाई कन्ट्रोल गर्ने आदि  l यस्तो गर्दा विद्यार्थीमा जिम्मेवारी बहन गर्ने बानिको विकास पनि हुन्छ l

यी त भए मोटा मोटी खाकाका बुदाहरु  बाँकी शिक्षक र विद्यालय प्रशासन सदस्यहरुले आन्तरिक छलफल गरी आफ्नो स्कुल अनुकुल योजना बनाउन सक्नुहुन्छ l

यसरी बौद्दिक बर्ग विच सिनेमा कल्चर स्थापित हुन गयो भने पाठ्यक्रम बाहेक थप नयाँ नयाँ ज्ञान हासिल गर्दछन फलस्वरूप विद्यार्थीको चेतना स्तरमा बृद्दी हुन्छ l त्यस्तै गरी स्तरीय नेपाली सिनेमा निर्माण हुन् थाल्नेछन भने चलचित्र बजार विस्तार हुनेछ l यसरी नेपाली चलचित्र क्षेत्रले अर्को अध्यायमा फट्को मार्दै चलचित्र क्षेत्र मात्र नभई समग्र देशको उन्नति हुनेछ l

शेर शाही

बैजनाथ -८ , चाँदनी बजार , बाँके

हाल चाबहिल ,काठमान्डौ