विद्यालय क्यालेन्डरमा “मुभी डे” आवश्यकता

२६ जेठ, काठमाडौं । एक्काईसौं सताब्दीमा समय र प्रबिधिको विकास संगसंगै विद्यार्थीको सोच र बौद्धिक क्षमतामा पनि परिवर्तन आएको पाइन्छ l नयाँ पुस्तालाई समय अनुसार नजिक बनाउन उनीहरु बाँचेको समय अनुसारनै बाँच्नु पर्छ, चल्नु पर्छ । सोही कुरालाई मध्य नजर गरी नेपाल सरकारको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गत रहेको पाठ्यक्रम विकास केन्द्र मार्फत परम्परागत शिक्षण पद्दतिलाई परिमार्जन गरी आधुनिक शैलीमा कसरी विद्यार्थीलाई गुणस्तरीय शिक्षा प्रदान गर्न सकिन्छ भनेर विभिन्न किसिमका शैक्षिक कार्यक्रमहरु बिद्यालयमा लागु गरेको छ l पछिल्लो समय विशेष गरी प्रोग्रेसिभ लर्निंग एजुकेशन अवलम्बन गरेका विद्यालयहरुमा सैदान्तिक र व्यवहारिक दुवै पक्षलाई बराबर जोड दिने प्रयास भएको पाइन्छ l

हरेक विद्यालयको वार्षिक कार्ययोजना रहेको हुन्छ जसमा एक वर्षमा के, कसरी, विद्यार्थीलाई शिक्षा सेवा प्रदान गर्ने भन्ने योजना खुलाइएको हुन्छ l यसलाई हामि वार्षिक शैक्षिक कार्यतालिका भनेर बुझ्दछौ l विद्यालयका सम्पूर्ण सदस्यले थाहा पाउन भनेर एउटा बार्षिक स्कुल क्यालेन्डर तयार पार्ने गरिन्छ जसमा एक शैक्षिक सत्र भित्र कति गते कुन बार के गर्ने भनेर प्रष्ट रुपमा क्यालेन्डरमा लेखिएको हुन्छ सोहि वार्षिक क्यालेन्डरलाइ विद्यालय प्रसासन, शिक्षक ,विद्यार्थी र अभिवावकहरुले फलो गर्ने गर्दछन l क्यालेन्डरमा कक्षा संचालन, परिक्षा समय तालिका, अतिरिक्त क्रियाकलापहरु, आन्तरिक र वाह्य सहभागिता मुलक शैक्षिक कार्यक्रमहरु, भ्रमण, विषयगत प्रदर्शनी आदि इत्यादी समावेश गरिएका हुन्छन l योजना अनुरुप चल्नलाई  क्यालेन्डरको अत्यन्तै महत्वपूर्ण भूमिका रहने गर्दछ l यहि क्यालेन्डरमा अब एक थप कार्यक्रम एड हुनु पर्छ त्यो हो “मुभी डे” l भर्खरै मात्र स्थापित भएको एक अवधारणा मुभी डे प्रोग्रामलाई विकसित देशका अन्य विद्यालयले फलो गरिरहेको अवस्थामा नेपालमा पनि यो कार्यक्रम विद्यालयमा समेटिनु आवश्यक देखिन्छ ता कि हाम्रा विद्यार्थीले पनि अन्तराष्ट्रिय स्तरका विद्यार्थी जस्तै सिक्न पाउन, जान्न पाउन र बुझ्न पाउन l

“ग्लोबल मुभी डे” के हो ?

संक्षिप्तमा भन्नु पर्दा द अस्कारको अवधारणा अनुसार “ग्लोबल मुभी डे” भनेको संसार भरीका चलचित्रकर्मी र दर्शकले फेब्रुअरी महिनाको दोस्रो शनिवार फिल्म हेरेर, मुभी टक छलफल कार्यक्रम गरेर, चलचित्र संग सम्बन्धित अन्य बिभिन्न कार्यक्रम गरेर मनाउने एक किसिमको पर्व नै हो l

Academy of Motion Picture Arts and Sciences  (The Oscar) ले सन् २०२० मा “ग्लोबल मुभी डे” को अवधारणा ल्याएको हो जसको उद्देश्य संसार भरी रहेको जनतालाइ सिनेमाको माध्याम द्वारा प्रेरणा दिने, एकअर्कामा कनेक्ट गर्ने र पहुच स्थापित गर्ने रहेको छ l विश्वमा प्रत्येक वर्ष फेब्रुअरी महिनाको दोस्रो शनिवार मुभी डे सेलेब्रेट गर्ने चलन छ lहामिले यहि अवधारणालाइ विद्यालयमा पनि लागु गर्न सक्छौ l वर्षको एक दिन विद्यार्थी शिक्षकहरु सामुहिक रुपमा  मुभी अवलोकन गरी “स्कुल मुभी डे” शिक्षालय हाता भित्र वा सिनेमा हलमा गएर सेलेब्रेट गर्न सकिन्छ l

विद्यालयमा “मुभी डे” को आवश्यकता  

विद्यालयमा पढाउने पुस्तक जस्तै सिनेमा पनि एउटा किताब नै हो l विद्यालयमा पढाउने किताब कलम ले लेखिएको हुन्छन भने सिनेमा क्यामेराले लेखिएको हुन्छ l सिनेमा र शिक्षालाइ अन्तरसम्बन्धको रुपमा हेर्ने हो भने सिनेमाले पाठ्यक्रममा समावेश विषयका अतिरिक्त थप सिकाईहरु (एडिसनल लर्निंग) जस्तै सामाजिक, सास्कृतिक,धार्मिक, आर्थिक, राजनीतिक रुपमा फरक जीवन शैली, समाज, भौगिलिक विविधता, रहन सहन, भेष भुषा, सस्कृति,परम्परा, भाषा सस्कृति,कला साहित्य इत्यादि प्रदान गर्दछ l सिनेमा आफैमा बिषय हैन विभिन्न बिषयलाइ प्रस्तुत गर्ने एक मध्यम मात्र हो त्यसैले सिनेमालाई नेपाली, अंग्रेजी, सामाजिक , बिज्ञान , गणित , कम्प्युटर , अर्थशास्त्र, जनसंख्या तथा वातावरण ,बाणिज्य आदि कुनै पनि विषयसँग सहकार्य गराउन सकिन्छ  l सिनेमालाई उपयोग गरेर शिक्षामा सहजता ल्याउन सकिन्छ l पढाइ पढाइ पढाइ मात्र बोरिंग हुनसक्छ तसर्थ फिल्म मनोरंजनको साधन भएकोले केहि हद सम्म विद्यार्थीलाई “मुभी डे” ले रिक्रियसनको काम गर्छ, पेन किलरको काम गर्छ, ब्रेन थेरापीको काम गर्छ l

 बिद्यालय पनि एउटा समाज नै हो जहाँ विभिन्न जात जाति समुदाय र धर्मका मानिसहरु अध्यन र अध्यापन गराउने गर्दछन l मुभी डे मा बिद्यार्थीले आफ्नो सहपाठी संग सिनेमा हेरेर मनोरंजन लिन पाउछन, उनीहरुको लागि अविस्मरणीयक्षण बन्न सक्छ भने समाजले सिनेमालाइ हेर्ने द्र्ष्टि कोणमा परिबर्तन हुन्छ l सिनेमा कल्चरको विकास भई यसको महत्व अझ बढ्न सक्छ l त्यस्तै गरी विद्यालयलाइ पनि समय अनुसार सस्थालाइ अपडेट गरेकोमा थप जस प्राप्त हुनसक्छ l नेपाली समाजले अझै पनि फिल्मलाइ फिलोसोफीको रुपमा चिन्न नसकेकोले केहि चुनौती आउन सक्लान तर किताब मात्र ठिक फिल्म खराब हुने भए बजारमा अश्लिल किताब पनि पाइन्छन यो छनोटमा भर पर्छ फिल्ममा पनि सोहि कुरा लागु हुन्छ l मुभी छनोट गर्दा स्तरीय मुभी छनोट गर्न सकिन्छ चाहे स्वदेशी होस् या बिदेशी l पाठ्यक्रममा आधारित मुभी शो गरेर पनि मुभी डे मनाउन सकिन्छ l

अहिले कुनै कुनै स्कुलमा गित संगीतलाइ प्रयोगमा ल्याएको देख्न सकिन्छ जस्तो मोर्निंग एसेम्बलीमा नेपालि गित संगीत संगै पिटी, शारीरिक कसरत गराएको, विद्यालयको स्वागत तथा विदाई कार्यक्रम हरुमा गित संगीतको प्रयोग सहजै देख्न पाइन्छ पछिल्लो समय पाठ्यक्रम भित्रका बिषय बस्तुलाइ गितको मध्यमबाट प्रस्तुत गरेको पनि देख्न सकिन्छ त्यस्तै गरी विद्यार्थीलाइ नाटक निर्माण र प्रदर्शनमा सहभागी गराएर क्रियटिभ बनाएको पाइन्छ l अहिले सिकाइ अबधारणा नै “Learn with entertainment” भैसकेकोले विद्यार्थीको मनस्थिति अनुसार कार्यक्रम तय गरी विद्यालयमा लागु गर्नुपर्ने अवस्था रहेको छ l  

अन्तमा, सिनेमा विद्यालय हो विश्वविद्यालय हो सिनेमाले पनि शिक्षित बनाउछ मनोरंजन प्रदान गर्छ असल सिनेमाले व्यक्ति, परिवार, समाज र राष्ट्रलाई नै परिबर्तन गर्न सक्ने सामर्थ्य राख्दछ l हामी घरको स परिवार संगै बसेर मुभी हेर्दछौ भने विद्यालय परिवार संग बसेर किन नहेर्ने ? केहि विद्यालयहरुमा विषयगत शिर्षक पढाउने क्रममा विद्यार्थीलाइ मुभी शो गरिन्छ, हेर्नलाई सिफारिस पनि गरिन्छ तर विशेष दिन छुट्याएर विशेष तरिकाले वार्षिक क्यालेन्डरमा नै समावेश गरी “मुभी डे” भनेर सेलेब्रेट गरेको पाइदैन तर अब गरिनु पर्छ यो पनि एक प्रकारको समयको माग हुन गएको छ l

शेर शाही

बैजनाथ-८, चाँदनी बजार, बाँके

हाल चाबहिल, काठमान्डू