‘पाउ हजुरको…’ म्युजिक भिडियो सार्वजनिक

काठमाडौं– गायिका निशा देसारको ‘पाउ हजुरको…’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतका शब्दहरु डा.दिलिप कुमार मल्लले रचना गरेका हुन् भने लक्षु प्रकाश मल्लले उक्त गीतलाई संगीतबद्ध गरेका हुन् ।गीतको म्युजिक भिडियो आकर्षक बनेको छ ।भिडियोमा अभिनेत्री बेनिशा हमालले दरबारिया शैलीमा आकर्षक नृत्य गरेकी छिन् ।भिडियोमा स्वजन रघुबंशीको कोरियोग्राफी छ भने शेर शाही उक्त भिडियोका निर्देशक हुन् ।

संगीत क्षेत्रमा लोक आधुनिक सँगै शास्त्रीय संगीत लाइ पनि बजारमा पस्कन सक्नु पर्दछ भन्ने आशय यो गितले बोकेको छ । नेपालको इतिहासमा नेपालीहरुले बोल्ने सभ्य भाषा अझ झन दरवारमा बोलीने ठकुरी भाषाले सजिएको यो गितले एतिहासिक छाप नेपाली समाजमा छोडनेछ । यसका पारखीहरुलाई केही मात्रामा भएपनि मनोरञ्जन दिदैं अबको नयाँ पिढीलाई केही थप उर्जा दिने छ भन्दै धेरै लामो प्रयास पछि यो गित बजारमा आएको छ ।

यस गितको सृजना, भेषभुषा, योजना तथा उत्पादन डा.दिलिप कुमार मल्लको रहेको छ भने संगीत लक्षु प्रकाश मल्ल र स्वर निशा देसारको रहेको छ । उनको मनमोहक मधुर स्वरले यस गितको स्तर बढेको छ । यो गीतको सिनेमाटोग्राफरमा दिपक गिरी रहेका छन् भने सहायक निर्देशकको रुपमा रोशन तण्डुकार र प्रोडक्सन मेनेजरमा ध्रुव ठकुरी रहेका छन् l भिडियो सम्पादन मिलन बिक्रम शाहले गरेका छन । राजा महाराजाहरुको दरबारमा हुने गरेको शास्त्रीय संगीतले सु—सज्जित आलिशान दरबार भित्रको मौलिक दृश्यले यो गीतले मागेको यर्थाथतालाई भिडियोले चित्रण गरेको छ । आज सम्म हाम्रा समाजमा चलेको लोकगीत र आधुनिकतामा रमाएका लाखौ नेपालीहरुलाई यो फरक गीतले पक्कै मन लोभ्याउने देखिन्छ ।

यसको प्रमुख भूमिकामा बेनिशा हमाल रहेकी छिन भने उहाँको साथमा अन्य कलाकारहरु निशा शाह, रोजा अवाले, सुरवी मगर, हस्ना महर्जन, निकी बज्र्चार्य, रुक्सना महर्जन रहेका छन । त्यस्तै गरी राजाको भुमिकामा दिलिप कुमार मल्ल र उनका भाई भारदारमा सोम शाह र विश्वास सिंह ठकुरीले अभिनय गरेका छन् । यस गीत र म्युजिक भिडियोको स्तरले पक्कै पनि नेपाली गित संगीतको क्षेत्रमा एउटा नयाँ स्तम्भ थप्ने काम गर्ने छ ।