म्युजिक भिडियो ‘‘पाउ हजुरको’ निर्माण कार्य सम्पन्न

काठमान्डौ-पछिल्लो समय नेपाली गित संगीतले फेरी एक उचाई लिदै आएको आम दर्शकले महसुह गर्दै आएका छन । कोरोनाको महामारी पश्चात फिल्म क्षेत्र ठप्प भए पछी म्युजिक भिडियो उत्पादनले तीव्र गति लिन सफल भएको देखिन्छ । विभिन्न किसिमका म्युजिक भिडियो निर्माण हुने क्रममा हालसालै शास्त्रीय संगीतमा तयार पारिएको गित ‘पाउ हजुरको’ भिडियो निर्माण कार्य सम्पन्न भएको छ । जसमा नायिका बेनिशा हमाल र दिलिप कुमार मल्लले अभिनय गरेका छन भने म्युजिक भिडियोलाइ निर्देशन शेर शाहीले गरेका छन । उक्त भिडियो अब केहि हप्ता भित्र बजारमा आउने निर्माण टिमले बताएको छ ।

विश्व इतिहासलाई केलाउँदा सबैको आ—आफ्नो गित, संगित र सृजना छन । नेपालको इतिहास हेर्ने हो भने पनि यो धेरै लामो छ । यसको अझै खोज अनुसन्धान गर्न बाँकी छ । शास्त्रिय संगीत पनि एक एतिहासिक गित हो । यस संगीत भित्र धेरै विधा पर्दछन । नेपालमा यो संस्कृति कहिले भित्रियो यस्को खोज अनुसन्धान गर्न अझै बाँकी नै छ तर पनि नेपाली समाजमा यसको पारखीहरु धेरै पहिले देखि नै प्रशस्त मात्रामा छन । समयानुसार गित संगीत बन्दै गए । यसको बजारिकरण र व्यवसायिकताले गर्दा पनि त्यही अनुसारको माहोल बन्दै गयो । जसकारण नेपाली इतिहासमा यस्ता शास्त्रिय संगीत राजघरनाका केही सिमित व्यक्ती बाहेक नेपालभरि तथा विश्वभरि छरिएर रहेका बसेका नेपालीको मन मुटुमा पुग्न सकेको थिएन । आज यो शास्त्रिय संगीतमा आधारित गित बजारमा आउनु पनि नेपालीहरुको लागि सुनौलो अवसर हो । समाजमा यस्ता शास्त्रीय संगीतमा सजिएका गित बनेका थिए पनि होला, कति बनेर हराए होला, केही सिमित ठाँउमा वा सानो घेरामा मात्र अटेका होलान । अब भने नेपाली समाजमा यस्ता संगीतलाई बजारमा ल्याउनु पर्छ जसले संगित र संस्कृतिमा नयाँ आयम दिन सक्दछ । अब यो संगीत क्षेत्रमा लोक आधुनिक सँगै यसलाई पनि बजारमा पस्कन सक्नु पर्दछ भन्ने आशय यो गितले बोकेको छ । नेपालको इतिहासमा नेपालीहरुले बोल्ने सभ्य भाषा अझ झन दरवारमा बोलीने ठकुरी भाषाले सजिएको शास्त्रीय संगीतमा आधारित यो गितले एतिहासिक छाप नेपाली समाजमा छोडनेछ । यसका पारखीहरुलाई केही मात्रामा भएपनि मनोरञ्जन दिदैं अबको नयाँ पिढीलाई केही थप उर्जा दिने छ भन्दै धेरै लामो प्रयास पछि यो गित बजारमा आएको छ ।

यस गितको सृजना, भेषभुषा, योजना तथा उत्पादन डा.दिलिप कुमार मल्लको रहेको छ भने संगीत लक्षु प्रकाश मल्ल र स्वर निशा देसारको रहेको छ । उनको मनमोहक मधुर स्वरले यस गितको स्तर बढेको छ । यो गीतको कोरियोग्राफ स्वजन रघुबंशीले गरेका छन् भने सिनेमाटोग्राफरमा दिपक गिरी रहेका छन् त्यस्तै गरि सहायक निर्देशकको रुपमा रोशन तन्डुकार र प्रोडक्सन मेनेजरमा ध्रुव ठकुरी रहेका छन् भने भिडियो सम्पादन मिलन बिक्रम शाहले गरेका छन । राजा महाराजाहरुको दरबारमा हुने गरेको शास्त्रीय संगीतले सु—सज्जित आलिशान दरबार भित्रको मौलिक दृश्यले यो गीतले मागेको यर्थाथतालाई भिडियोले चित्रण गरेको छ । आज सम्म हाम्रा समाजमा चलेको लोकगीत र आधुनिकतामा रमाएका लाखौ नेपालीहरुलाई यो फरक गीतले पक्कै मन लोभ्याउने देखिन्छ ।

यसको प्रमुख भूमिकामा बेनिशा हमाल रहेकी छिन भने उनको मनमोहक नृत्यले यसलाई थप उचाई थपेको छ भने उहाँको साथमा अन्य कलाकारहरु निशा शाह, रोजा अवाले, सुरवी मगर, हस्ना महर्जन, निकी बज्र्चार्य, रुक्सना महर्जन रहेका छन । त्यस्तै गरी राजाको भुमिकामा दिलिप कुमार मल्ल र उनका भाई भारदारमा सोम शाह र विश्वास सिंह ठकुरीले अभिनय गरेका छन् । यस गीत र म्युजिक भिडियोको स्तरले पक्कै पनि नेपाली गित संगीतको क्षेत्रमा एउटा नयाँ स्तम्भ थप्ने काम गर्ने छ ।